भरुवा बन्दुकसहित बागलुङमा एक जना पक्राउ

| 2020 Jun 27 | 04:06 pm 1733

बागलुङ, असार १३ः शनिबार भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–७ माजखर्क निवासी दलबहादुर बुढा रहेका छन् ।

बुढाको साथबाट एक नाले भरुवा बन्दुक, अन्दाजी ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुँने १२ थान सिसा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.