काठमाडौं, असार १२ः नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका छन् । शुक्रबार थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत उक्त विवरणको जनाकारी दिएका हुन् ।
उनका अनुसार आज थप हुनेमा १ सय ७ जना महिला र ४ सय ८६ जना पुरुष रहेका छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ । हालसम्म नेपालमा २ हजार ६ सय ९८ निको भइसकेका छन् । आज मात्रै थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएका छन् ।