अवैध रुपमा काठ ओसारपसार गर्दै गर्दा जीपसहित चालक प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Jun 26 | 04:40 pm 3992

तनहुँ, असार १२ः अवैध रुपमा काठ ओसारपरास गरिरहेको अवस्थामा प्रहरीले जीपसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमाद नगरपालिका वडा नं ५ का ४३ वर्षीय ध्रुब गैह्रे रहेका छन् ।

उनलाई बिहीबार साँझ ईलाका प्रहरी कार्यालय, भिमादबाट नियमित गस्ती एवं चेकिङ गर्ने क्रममा भिमाद नगरपालिका वडा नं ६ क्याम्पस रोड हुँदै खैरेनीटार तर्फ जाँदै गरेको ग ३ च १८९१ नं को महेन्द्र बोलेरो जिपलाई चेकजाँच गर्दा उक्त नं को जिप पछाडीको भागमा अवैध रुपमा लुकाई ओसार पसार गर्दै गरेको करिब ६० क्यु फिट काठ बरामद गररेका प्रहरीले जनाकारी दिएको हो ।

जिप र चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.