८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 26 | 12:33 pm 2094

बागलुङ, असार १२ः जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्षलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष सूर्यबहादुर घर्ती रहेका छन् । उनलाई ८६ किलो गाँजासहित पक्राउ रेको हो।

उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी उक्त परिमाणको गाँजा बरामद गरेको जानकारी दिएको छ ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको धुलोलाई ल्याब परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.