काठमाडौं, असार ११ः देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने कोरोना पत्रकार सम्मेलन मार्फत उक्त विवरणको जानकारी दिएको हो ।
बिहीबार थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३ सय ८६ पुरुष रहेका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
नेपालको ७७ जिल्ला मध्ये एकमात्र जिल्ला रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण फेला परिसकेको छ।