विप्लव समुहका एक कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 24 | 07:30 pm 2018

ललितपुर, असार १०ः सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)को एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्लाका उपाध्यक्ष निगम भन्ने नरेन्द्र वहादुर भण्डारी रहेका छन् ।

उनलाई राज्य विरुद्द द्धेष फैलाउने किसिमले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) संग सम्बन्धित पर्चा पम्प्लेटहरु टाँस्ने, सोही समुहमा आवद्ध हुनुपर्छ स्थानिय छरछिमेकी एवं जनमानसलाई डर त्रासमा पारी आतंकित एवं हैरान पार्ने जस्ता गतिविधिमा संलग्न हुँदै आएकोले महानगरीय प्रहरी परिसर ललितपुरवाट खटिएको प्रहरी पक्राउ गरेको बताइएको छ ।

उनलाई ललितपुर वालकुमारीवाट पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.