रौतहट, १८ असार : दुईदिन देखि परेको अविरल वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले बाँध भत्काएपछि स्थानिय त्रासित बनेका छन् ।
जिल्लाको बौधीमाई नगरपालिका २ इनर्बा गाउँ नजिकको लालबकैया नदीमा आएको बाढीले झण्डै १ मिटर बाँध कटान गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताए ‘नदिको सतह घटेको छैन । यही रफ्तारमा बाढी आयो भने छेउका वस्ती खाली गराउनुपर्छ,’ उनले भने,‘रोकथामको प्रयास हुँदै छ ।’ कटान गरेको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगिसकेको छ । नेपाली सेनालाई पनि बोलाईएको प्रजिअ रिजालले जनाए ।
नदी छेउमा झण्डै ३/४ घर छन् । कटानले डुबानमा पर्ने भन्दै स्थानीय प्रशासनले खाली गराउन लागेको हो । इनर्वाका किशुनी साहले बाँध कटानमा परेपछि आफूहरुमा त्रास बढेको बताए ।