भारतीय महिलाको सिमकोटमा मृत्यु, मृतकको शव विमानस्थलमै

रिपोर्ट नेपाल | 2018 Jul 02 | 04:23 pm 3226

हुम्ला, १८ असार :  अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार  हुम्ला अाएकी थिइन।  सिमकोट विमानस्थलका प्रहरी नायब निरीक्षक मदन शाहीले लेक लागेर उहाँको मृत्यु भएको बताए। मृतकको पनि शव विमानस्थलमै छ ।

असार १५ गते देखिको खराब मौसमका कारण विमानस्थलमा भारतीय र नेपाली नागरिक अलपत्र परेका छन् । पन्ध गते बिहानदेखि हल्का पानी पर्नुका साथै हुस्सु लागेपछि नेपालजञ्ज र सुर्खेतबाट हवाईजहान आउन नसक्दा ४०० जना सिमकोट विमानस्थलमा र सिमकोटको कोहिल्सा नाकामा १५० यात्री अलपत्र परेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.