काठमाडौं उपत्यका आएपछि १४ दिन होम क्वारेन्टाइन अनिवार्य

रिपोर्ट नेपाल | 2020 Jun 24 | 09:03 am 1491

काठमाडौं, असार १०ः अब सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौं आएका वा त्यस किसिमको प्रक्रिया पुर्याएर आउन तयारीमा रहेकाले यसरी आउँदा पनि अब १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार गृहमन्त्रालयले अन्य जिल्लाबाट काठमाडौं आएर कोरोना परीक्षणको लागि टेकुस्थित प्रयोगशालामा पुग्नेको भीड बढेपछि बाहिरबाट आएका तथा आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न र लक्षण देखिएमात्र अस्पताल आउन भनेको छ ।

गृहमन्त्रालयले यो व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ ।

पत्रमा नियमानुसार कार्य नगरे आवश्यक कारवाही गर्न पनि आदेश दिइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.