ललितपुर, असार ९ः आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका ६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुष रहेका छन् ।
ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि बिभिन्न डर त्रासमा पारी पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरको छ।
पक्रमउ पर्नेमा हरिवन नगरपालिका ३ बस्ने २६ वर्षीय किरण लामा रहेका छन् । उनलाई प्रहरीले करिब ५ किलो गाँजासहित सोमबार साँझ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले हरिवनबाट नवलपुरतर्फ जाँदै गरेको ना ६२ प ९७५९ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक लामालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।