खानेपानीको पाइप पहिरोले बगाएपछि उपभोक्ता समस्यामा

रिपोर्ट नेपाल | 2020 Jun 23 | 08:53 am 1893

बागलुङ, असार ९ः खानेपानीको पाइप पहिरोले बगाएपछि बजारमा आपूर्ति हुँदै आएको पानी बन्द भएको छ । अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको हो ।

पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र दोविल्लामा तीनवटा जडान गरिएका पाइप बगाएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आउन सकेको छैन ।

पटक–पटक आएको पहिरोले सदरमुकाममा ल्याइएको पानीको पाइप विभिन्न स्थानमा बगाउँदा पिउने पानी उपलब्ध गराउन नसकिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।

पाइप मर्मतका लागि कर्मचारी आइतबारदेखि खटिए पनि अविरल वर्षाका कारण काम गर्न कठिनाइ भइरहेको शर्माले जानकारी दिए ।

शर्माले भने अवरुद्ध भएको खानेपानी मर्मतका लागि प्राविधिक खटिए पनि वर्षाका कारण तीव्रगतिमा काम भएको छैन । छुट्टाछुटै स्थानमा गएको पहिरोले पाइप बगाउँदा मर्मतमा धेरै समय लाग्ने भएको हो ।

निरन्तर वर्षा भइरहे पनि मर्मतकार्य जारी राखिएको र बजार क्षेत्रभित्र सहजरूपमा पिउने पानी आउन अझ केही दिन लाग्ने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.