नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि

रिपोर्ट नेपाल | 2020 Jun 22 | 04:56 pm 1940

काठमाडौं, असार ८ः नेपालमा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा उक्त विवरणको जानकारी दिएको हो। योसंगै नेपालमा संक्रमितको कुल संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ। ७७ जिल्लामध्ये रसुवामा भने अहिलेसम्म कोरोनाका बिरामी भेटिएका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.