मोरङ, असार ८ः विराटनगर महानगरपालिका–६ स्थित स्टन कोल्ड स्टोरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका–५ का २५ वर्षीय सन्तोष महतो रहेका छन ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार करेन्ट लागेर बेहोस भएका महतोको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको जानकारी दिए ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।