ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

| 2020 Jun 21 | 06:06 pm 2137

दाङ, असार ७ः आइतबार तुलसीपुर उपमहानगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट सोमनाथ निवासी इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत जवान २७ वर्षीय जीतेन्द्र चौधरी रहेका छन् ।

रा १ त ७५७ नम्बरको ट्रयाक्टरले लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेका प्रहरी जवान चौधरीलाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्याक्टरले ठक्कर दिएको दिएको हो ।

ट्याक्टरले ठक्करबाट गम्भीर घाइते जवानको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा २२ वर्षीय शर्मिला चौधरी घाइते भएकी छन् । उनीको राप्ती प्रादेशिक अस्प्ताल उपचार भइरहेको छ । उनीको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मिले जानकारी दिएका छन् ।

ठक्कर दिने ट्याक्टर चालकलाई प्रहरीले पक्राउ परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.