अभियान्ता जोडीलाई सराहनीय काम गरेको भन्दै युवाहरुद्वारा सम्मान

रिपोर्ट नेपाल | 2020 Jun 21 | 01:30 pm 2462

  • महेश सिंह

सिरहा, असार ७ः लहानमा युथ एक्टिभ्स नामको युवाहरुको एक संगगठनले महेश चौधरी र संगिता कर्माचार्यको जोडीलाई सम्मान गरेको छ । युथ एक्टिभ्स क्लबका अध्यक्ष नरेश जंग साह र गौरब साहको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि राहत अभियान्ता महेश चौधरी रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल महिला संघकी केन्द्रीय सदस्य संगिता कर्माचार्य रहेकी थिइन् । अर्को विशिष्ट अतिथिमा नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री प्रमेश्वर साहले अभियान्ता जोडीलाई राम्रो कामको प्रसंशा गर्दै धन्यवाद दिएका थिए ।

अतिथिहरुमा नेपाल विद्यार्थी संघका जिल्ला सभापति मो मुस्ताक, रहनु भएका थिए भने कार्यक्रम संचालन युवा नेता संजय यादवले गरेका थिए ।

एक युवा नेताले मन्तब्यका दिने क्रममा भने जहाँ पुग्दैन नगर त्यहाँ मसं जोडी पुग्ने उनले बताए । कार्यक्रममा नेपाल नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको समेत उपस्तिथि रहेको समाजसेवी महेश्वरी चौधरीले बताइन् ।

लकडाउनको मारमा परेका र रोजगारी गुमाएका मजदुर र बिपन्न परिवारको अभिवाको जिम्मेवारी झैँ समस्या टाल्दै आएको महेश र संगीताको जोडीलाई एक कार्यक्रम बीच सम्मान गरेको हो ।

नेपालमा लकडाउन भएको तीन महिनाको अबधिमा आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर गरिब, बिपन्न परिवारको घर–घरमा गई दिन दुःखीहरुको समस्या बुझ्न गाउँ–गाउँ पुगेका थिए।

उनीहरु लहान नगरपालिकाका २४ वटै वडाका, एकल महिला, असाहय वृद्धहरुको सहारा बन्दै आएका थिए ।

बिगत तीन महिना देखि निरन्तर अन्नदान गर्न दिनचर्या नै बनाएका छन्। नेपाली काङ्ग्रेसका महासमिती सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघकी केन्द्रीय सदस्य संगीता कर्माचार्यले गर्भवती महिलाहरुका लागि पौष्टिक आहारको ब्यस्था समेत मिलाएका छन् ।

निरन्तर ब्यक्तिगत रूपमा राहत सहयोग गरेका समाजसेवी महेश र संगिताको जोडीले समाजका ऐना बनेका छन् । कुनै पार्टीको पक्षपात नगरी समस्याबाट ग्रसित भएका परिवार प्रति भाबुक बनेका हुन् । चौधरी र कर्माचार्यको नाम चर्चामा आएको छ । यस्तो माहामारीमा राहत बाडन पछाडी नहटने उनीहरुले बताएका छन् ।

अहिलेसम्म सरकारले गर्न नसक्ने काम यि जोडीले गरेको छन् । राहत बाडन जादा उनीहरुको काम हेरेर समाजले गाउँ–गाउँ र टोलमा जहाँ गए त्यही सम्मानित भएर घर फर्किने गरेका छन् ।

यि जोडीलाई सबैले धन्यवाद दिन्छन् । लकडाउन खुकुलो भए पनि आपत बिपतमा परेकाहरुको लागि सहयोग गर्न कहिले पछाडि नहटने कुरामा उनीहरु प्रतिबद्ध भएका छन् । उनीहरुले भनेका छन्, हामी दुई जना श्रीमान र श्रीमती बाचुन्जेलसम्म मानव सेवा मै व्यतित हुन्छौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.