काठमाडौंबाट गौरीफन्टानाका पुगेर खानाखुवाउँदै नेता महर

रिपोर्ट नेपाल | 2020 Jun 19 | 12:51 pm 3051

कैलाली, असार ५ः नेपाल-भारतको सीमानाका गौरफन्टामा पुगेर नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर भारतबाट आउने नागरिकलाई खाना खुवाउन व्यस्त छन्।

विचल्ली परेका नेपालीलाई नेता महरलगायत युवा नेता गजेन्द्र बिक्रम शाही, दिवेन्द्र जोशीलगायत खाना खुवाउन जुटेका छन्। भारतबाट सुदूरपश्चिममा मात्रै तीन लाख मानिस नेपाल भित्रिएका छन्।

राज्यले सीमामा विचल्ली परेका नागरिककाको बेवास्था गरिरहेको अवस्थामा आफू उद्धारमा जुटेको नेता महरले बताए। उनी दुई दिनअघि मात्रै काठमाडौंबाट कैलाली पुगेका हुन्।

भारतबाट गौरीफन्टानाका भएर तीन लाखबढी नेपाली भित्रिएका छन्। तर, अहिलेसम्म १० हजारको मात्र पिसिआर परीक्षण भएको छ। यस्तो अवस्था हुनुभनेको निकै दुःखद् रहेको नेता महरले बताए।

खाना, पिउने पानी, व्यवस्थित क्वारेन्टाइन र परीक्षणको राम्रो व्यवस्था नहुँदा सुदूरपश्चिम उच्च जोखिममा छ। राज्य बेखवर बन्दा आफूहरू सहयोगमा जुटेको उनले बताए।

मानवसेवा नै धर्म हो भन्ने ध्यएका साथ गजेन्द्र शाही नेतृत्वको टोलिले एक महिनादेखि खाना खुवाउने अभियान नै चलाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.