काठमाडाैं, असार ५ः वैदेशिक रोजगारीका लागि बिदेश गएर ज्यान गुमाएकाहरूकाे कतारबाट २० र अन्य देशबाट ४ वटा शव शुक्रबार नेपाल ल्याउने भएकाे छ। कतारबाट २० र अन्य देशबाट ४ वटा गरी २४ शव दिउँसो काठमाडौं आइपुग्ने जनाइएकाे छ ।
वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले दिएकाे जानकारी अनुसार उनीहरुलाई कतार सरकार आफैँले कतार एयरवेज मार्फत दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउने बताए ।
कतार यरलाइन्सले एक सय २० यात्रु ल्याउने भनिए पनि स्वास्थ्य परीक्षणको कारण केही यात्रु उतै रोकिएका नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।