एपीएफ टोलीद्वारा स्पास्मो क्याप्सुलसहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 18 | 09:01 pm 1762

पश्चिम नवलपरासी, असार ४ः जिल्लाको पाल्हिनन्दन गाँउपालिका ५ भगतपुरा स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले दुई सय ८० वटा स्पास्मो क्याप्सुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २६ वर्षिय बदुरुद्धिन धुनिया रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गेरमाबाट खटिएको एपीएफ टोलीले धुनियालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त परिमाणको स्पास्मो क्याप्सुल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका उनलाई बरामद लागुऔषधहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा गाँजा बरामद 

सिरहा जिल्लाको औहरी गाउँपालिका वडा नम्बर ४ बाट एपीएफ टोलीले  करीव ४० किलाे गाँजा बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईटाटारबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरिपैठारीको मोटर पार्टस् बरामद

झापा जिल्लाको झापा गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट एपीएफटोलीले करिब दुई लाख  रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्टस्
बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोर्टर पार्टस् सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.