एकै दिन नेपालमा थप ६ सय ७१ जनामा कोरोना पुष्टि, कुल संक्रमित ७ हजार ८ सय ४८

रिपोर्ट नेपाल | 2020 Jun 18 | 04:38 pm 1699

काठमाडाैं, असार ४ः बिहीबार नेपालमा संक्रमण अवधिकै सबै भन्दा धेरै ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७  हजार ८ सय ४८  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित गरिने प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।  मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ५ सय ९१ जना पुरुष र ८० जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ। जसमा १ सय १४ जना महिला र १ हजार ७२ पुरूष रहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.