जेठी खोलामा आएको बाढीले दुई जना बगायो

| 2018 Jul 02 | 02:41 pm 3741

नेपालगन्ज, १८ असार :  दुई दिनदेखि परेको अविरल वर्षाका कारण जेठी खोलामा आएको बाढीले दुई जना बेपत्ता भएका छन् । बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनार बाढीले बगाएर बेपत्ता भएका हुन् ।

बैजनाथ गाउँपालिका बनकटजास्थित जेठी खोला तर्ने क्रममा बाढीले बगाएको हो । उनको खोजि भइरहेको कोहलपर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.