विद्युत विस्तारका क्रममा एक जना मजदूरको पाेलबाट खसेर मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 18 | 01:07 pm 2050

कञ्चनपुर, असार ४ः विद्युतकाे तार विस्तारका क्रममा एक जना मजदूरको पाेलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहार रहेका छन् ।

उनकाे बुधबार मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको बताइएकाे छ ।

विद्युतकाे तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेका थिए । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ ।

यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेको बताए ।

शव अस्पतालमा राखिएको छ । घर परिवारलाई जानकारी गराइएकाे बताए । लुहारका श्रीमती र एक छोरी छन् । लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतीपूर्ति दिनुपर्ने माग गरेका छन् ।

खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.