काठमाडाैं, असार ३ः कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लामा लकडाउन कडा बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चार जिल्लालाई लकडाउन कडा बनाउन मन्त्रालयले निर्देशन दिएको हो ।
कोरोनाको उच्च जोखिममा परेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा लकडाउन कडा बनाउने भनिएको छ । चार जिल्लामा दैनिक संक्रमितको संख्या बढिरहेको छ ।