एजेन्सी, असार २ः विवादास्पद चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही रहेकाे बताइएकाे छ ।
सोमवार राति भएको उक्त घटना सुल्झाउनका लागि दुवै मुलुकका वरिष्ठ सैनिक अधिकारीहरबिच बैठक भइरहेको भारतिय सेनाले जनाएको छ ।
चिनियाँ पक्षले एकहोरो कारवाही गरेर समस्या थप्ने काम नगर्न भारतलाई आब्हान गरेको अन्तर्राष्ट्रिय समाचार निकाय जनाएको छ । चीनले सिमा नाघेर भारतिय फोजले आफ्ना सेना माथि अचानक आक्रमण गरेको अरोप पनि लगाएका छन् । त्यसैगरी भारतले चीनले सो क्षेत्रको ३८ हजार वर्ग किमि भूभाग मिचेको आरोप पनि लगाउँदै आएको छ ।
सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो ।
चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका हुन् ।
उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको उनले बताएका छन् । तर त्यसबारे चिनियाँ सैनिकतर्फ क्षति भए नभएको बताइएका छैन ।