काठमाडौं, असार १ः रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका ७ पिप्रहिया स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करिब एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ ।
अवैध रुपले चोरीपैठारी निकासी गर्दै गरेको उल्लेखित मुल्य बराबराको ४ सय ५० केजी छोकडा र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट खटिएको एपीएफ टोलीले साेमबार गते करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भन्सारछली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद समान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।