रौतनी खोलाको पुल भत्कँदा सडक अबरुद्ध

रिपोर्ट नेपाल | 2018 Jul 02 | 12:24 pm 4158

चितवन, असार १८ : गएको रातिदेखि परेको अविरल वर्षाले मुलुकको विभिन्न स्थानमा चल्ने सवारी साधनलाई प्रभावमा पारेको छ ।

मुग्लीन नारायणगढ सडक सँगै सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै गएको पहिरोले सवारी आगामनमा बाधा पुगेको छ । त्यसैगरी अविरल बर्षाकै कारण आएको बाढीले भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।

पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालय नजिकै रहेको पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडी क्षेत्रमा रहेका खहरे खोला बढेपछि रिउ नदीको बहाव उच्च भएको बताए । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको पनि प्रजिअ बस्नेतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.