नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ५ हजार ३ सय ३५

रिपोर्ट नेपाल | 2020 Jun 13 | 05:03 pm 1711

काठमाडाैं, जेठ ३१ः शनिबार नेपालमा थप २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप भएका संक्रमित पछिल्लो २४ घण्टामा देशका बिभिन्न ठाउँमा पुष्टि भएका हुन् ।

संक्रमितमकध्ये २ सय ४७ पुरुष र ३६ महिला रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.