काठमाडाैं, जेठ ३०ः शुक्रबार गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।
पुष्टि भएकामध्ये पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १, पूर्वीनवलपरासीमा १ जनामा भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । नेपालभर संक्रमितको संख्या ४ हजार ६ सय ५१ पुगेको छ।
