कर्णाली नदीमा टिपर खस्याे, तीनकाे मृत्यु २ दर्जन बढी बेपत्ता

| 2020 Jun 10 | 12:27 pm 2233

कालिकाेट, जेठ २८ः बुधबार कालिकाेट जिल्लाकाे रास्कोट नगरपालिकाको टिपर लालिघाट बजार नजिकै कर्णाली नदीमा खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ भने तीस भन्दा बढी बेपत्ता भएकाे जनाइएकाे छ । लालिघाटबाट रास्कोट क्वारेन्टाइनका लागि मान्छे लिएर गइरहेको ना८ख ५१३३ नम्बरको टिप्पर दुर्घटनामा परेको बताइएकाे छ ।

उद्धारका लागि अहिले नेपाल प्रहरी, नेपाल आर्मीकाे टाेली घटनास्थलतर्फ गएको कालिकाेटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताए ।

घटनाकाे विस्तृत विवरण भने बाँकी नै रहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.