पहिरोले फेरि अवरुद्ध सिद्धार्थ राजमार्ग

| 2018 Jul 02 | 08:10 am 4126

बुटवल, असार १८: सिद्धार्थ राजमार्गको बुटवल नजिकै सिद्धबाबामा पहिरो गएपछि बुटवल तानसेन सडक राती देखि अबरुद्ध भएको छ।

राति ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्वर ३ सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
सडकमा लेदो माटो र ढुंगाासहितको पहिरो गएको छ।

वर्षा भइरहेकाले पहिरो हटाउने कार्य अझै सुरु भएको छैन । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट बुटवल आउँदै र जाँदै गरेका यात्रु अलपत्र परेका छन । पहिलो हटाउन डोजर प्रयोग गर्ने तयारी भईरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणी आचार्यले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.