रुकुम सोतीमा भएको घटनाको छानबिन गर्न नाै सदस्सीय समिति गठन

रिपोर्ट नेपाल | 2020 Jun 09 | 07:06 am 1699

काठमाडाैं, जेठ २७ः एक जाेडी प्रेम सम्बन्धकाे विषयमा गत १० जेठमा ६ जनाकाे ज्यान जानेगरी रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ ।

उक्त विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहेका छन् भने अन्य सदस्यहरूमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली, बिमला विक, महेश्वरजङ्ग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

विशेष समिति गठन हुने यसअघि नै तय भएको भए पनि सदस्यहरूको नाम तोकिएको थिएन । समिति नाै सदस्यीय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.