अवैध रुपमा निकासी गर्न लागेको केराउ सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 08 | 09:09 pm 1918

रौतहट, जेठ २६ः ईशनाथ नगरपालिका-१ हनुमान मंदिर नजिकैबाट ना.२ त ६११ नम्बरको ट्याक्टर चालक गौर नगरपालिका-७ का ४६ वर्षीय शेख मिफलाई अवैध रुपमा निकासी गर्न लागेको ८० बोरा सेतो मटर (केराउ) सहित प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले गौरबाट मठियातर्फ जाँदै गरेको सो ट्याक्टरलाई जाँच गर्ने  क्रममा उक्त केराउ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.