आफ्नै शरीरमा आगो लगाउने आउजीको उपचारकाे क्रममा मृत्यु

| 2020 Jun 08 | 05:17 pm 2818

अछाम, जेठ २६ः जिल्लाको बयालपाटा अस्पतालकाे जागिरबाट निष्काशन गरेकाे भन्दै आफ्नै शरीरमा आगो लगाएका एक कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ।

साेमबार बिहान शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाईते भएका साँफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए। उनी दुई वर्षदेखि बयलपाटा अस्पतालमा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए।

राेजगारीबाट निष्काशन गरेपछि लकडाउनकाे बेला विहान बेलुकाको छाक टार्नसमेत धौंधौं भएको भन्दै उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले आर्थिक संकट परेको भन्दै निष्काशन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.