सिरहामा भरूवा बन्दुकसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 08 | 07:02 am 1990

  • महेश सिंह

सिरहा , जेठ २६ः भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गोलबाजार नगरपालिका ३ का ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापा रहेका छ्न् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकाे हाे ।

गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकबाट दुवैजना पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।  ।

उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजार थप अनुसन्धान गरी रहेको प्रहरी प्रवक्ता तथा डिएसपी घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.