गिरिजाप्रसाद कोइरालको ९५ औं जन्‍मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

रिपोर्ट नेपाल | 2018 Jul 02 | 07:47 am 3073

काठमाडौं, असार १८: नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्रीको ९५ औं जन्मजन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । चारपटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ प्रदेश नम्बर तीनको केन्द्रीय समितिले एक विचार गोष्ठिको आयोजना गरेको छ ।

नेपाली राजनितिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका गिरिजाप्रसाद कोइराला २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा अन्तिम पटक स्वास फेरेका थिए।

भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मिएका कोइरालाका बुबा-आमा त्यसबेला निर्वासित जीवन बिताइरहेका थिए। एउटा निर्भिक र दृढनिश्वयी राजनेताको रूपमा उनको योगदान नेपाली ईतिहासमा महत्वपूर्ण रहेको छ ।

हेर्नुस् गिरिजाप्रसाद कोइरालाको अन्तिम सम्बोधन

भिडियो स्रोत: सामाजिक सञ्‍जाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.