गुल्मीमा कार्यरत पत्रकारहरुलाई पिपिई वितरण

रिपोर्ट नेपाल | 2020 Jun 04 | 07:47 pm 2144

गुल्मी, जेठ २२: नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) द्वारा गुल्मीमा कार्यरत पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाल प्रेस युनियन गुल्मीद्वारा नेपाल पत्रकार महासंघ गुल्मी शाखालाई पिपिई हस्तान्तरण गरेको हो ।

कोरोना वारियरको रुपमा फ्रन्टलाइनमा रही समाचार सम्प्रेषण गर्ने सन्चारकर्मीलाई वितरण गर्ने गरी  प्रदान गरिएको २५ थान पिपिई सेट नेपाल प्रेस युनियन गुल्मीद्वारा हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, सचीव खिलध्वज पन्थी, जिल्ला सदस्य एवम् महासमिति सदस्य शालिकराम पन्थी, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँवरबाट नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाललाई हस्तान्तरण गरिएको थियो ।

पीपीई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस गुल्मीका सभापति श्रेष्ठले कोरोनाको जोखीमका बिच फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाली कांग्रेस गुल्मी-काठमाडाैं सम्पर्क समितिले पिपिई पठाएको बताए । उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै हस्तान्तरण गरीएको पीपीईले सञ्चारकर्मीलाई ठुलो सहयोग पुग्ने बताए ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले पीपीई उपलब्ध गराएर सहयोग प्रदान गरेको नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति,नेपाली कांग्रेस गुल्मी र नेपाल प्रेस युनियन गुल्मी लाई धन्यवाद् ज्ञापन गरे ।

कोभिड-१९ रोकथामका लागि नेपाली कांग्रेस गुल्मी -काठमाडाैं सम्पर्क समितिले संचारकर्मी र फ्रन्टलाइनमा काम गर्ने निकाय र ब्यक्तिका लागि छिट्टै युनियन मार्फत वितरणका लागि अत्यावश्यक स्वास्थ सामाग्री पठाइने जानकारी सम्पर्क समिति अन्तर्गत गठित विपद व्यवस्थापन समितिका संयोजक योगराज कंडेलले जानकारी दिए ।

नेपाल प्रेस युनियन गुल्मीले पिपिइ सहित अन्य अत्यावश्यक स्वास्थ सामाग्री उपलब्ध गराइदिन अनुरोध गरे बमोजिम हाल ३५ थान पिपिइ प्राप्त भैसकेकोमा ती मध्य २५ थान नेपाल पत्रकार महासंघ गुल्मीलाई हस्तान्तरण गरिएको र नपुग भएको अवस्थामा बाँकी सामाग्री पनि थप गर्दै जाने जानकारी अध्यक्ष रेशम कुवरले दिए ।

हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियनका निवर्तमान् अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि तारा प्रसाद भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवँरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव रमेश विकले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.