दैलेख, जेठ २२ः गुँरास गाउँपालिका-४ घोडाबासमा ना.५ ख १६८५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक कन्चनपुर भिमदत्त नगरपालिका-५ बस्ने ४५ वर्षीय कल्याण सिंह बोहराको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय जयराज अवस्थीलाई उपचारको लागि सुर्खेततर्फ पठाइएको छ ।
त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-३ मसोटस्थित सडकमा टिबी ०५ डब्लु ७७३३ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकले रा.४ प ४१६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुबै सवारी साधन बाटोबाट करिब १५ मिटर तल खसी दुर्घटना हुँदा ट्रक चालक भलदेव सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना र ट्रकका सहचालकलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ पठाइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।