सितापाइला धार्के सडकखण्ड कालोपत्रे गर्ने काम धमाधम

रिपोर्ट नेपाल | 2020 Jun 04 | 01:27 pm 2057

काठमाडाैं, जेठ २२ः कलंकी, थानकोट, नागढुंगा र आसपासहुने सवारीजामको समस्या समाधान गर्न सितापाइला धार्के सडकखण्ड कालोपत्रे गर्नेकाम भै रहेको छ । पहिलो चरणको निर्माण काम २३ करोड रुपैया खर्च गर्ने लक्ष्य रहेको छ ।

बन्दाबन्दी बीचमा पनि काठमाडाैंकाे सितापाइला धार्के खण्डको सडकमा कालोपत्रे गर्ने काम भै रहेको छ । २१ किलोमिटर सडक मध्ये हाल ९ किलो मिटर खण्ड कालोपत्रे गर्ने काम अगाडी बढाइएको छ ।

काठमाडाैंबाट थानकोट नाका भएर बाहिर जाने सवारी साधनकालागि  उत्तम बैकल्पिक राजमार्ग मानिन्छ  । सडक बिस्तारकालागि स्थानियले करिव ३ अरव रुपैयाको भूमिदान दिएको नागार्जु न नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताए ।

यो सडकले काठमाडाैं देखि धार्केसम्मको सवारी चाप निकै कम गर्ने प्रदेश सनंसद केशव प्रसाद पोखरेलको भनाइ छ । लामो समय देखी धूँवा र धूलोबाट पिडित रहेका स्थानिय सडक स्तरोन्ती र बिकासले सामाजिक बिकास र मानविय स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताए । निर्माणाधिन सडकको कुल लागत  २३ करोड रुपैया रहेको छ । निर्माण कार्य ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.