धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 04 | 12:48 pm 2286

सुनसरी, जेठ २२ः बिहीबार धरान उप–महानगरपालिका–१५ सिद्धकाली चोकमा रहेको एक घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ।

स्थानीय नर बहादुर श्रेष्ठको घरमा  सवा ८ बजे विद्युत सर्ट भएर  आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा इटहरीबाट गएको दमकलको सहयोगमा पौने १० बजे नियन्त्रणमा लिएकाे तथा अन्य थप अनुसन्धानका साथै मृतकको कानुनी प्रकृया भइरहेको  कार्यालयले जानकारी दिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.