मोरङ, जेठ २१ः बिराटनगर महानगरपालिका-१६ बस्ने सिता तामाङको घरमा लुकाई छिपाई राखेको करिब ८ लाख २८ हजार बढी मूल्य बराबरको विभिन्न किसिमको औषधि र मास्क प्रहरीले बरामद गरेको छ ।
उनको घरमा औषधि र मास्क लुकाई राखेको भन्ने गाेप्य सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मूल्य बराबरको औषधी र मास्क फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।