- विवेक अर्याल
धादिङ, जेठ २१ः जिल्ला सुरक्षा समिति धादिङले सिद्धलेक गाउँपालिका वडा नं ५ स्थित् हिटी गाउँ शील गरेको छ ।
मंगलवार धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ कि २३ वर्षिय गर्भवती महिलामा कोराना संक्रमण पुष्टि भएपछि उक्त गाउँ शील गरिएको हो ।
जिल्ला सुरक्षा समितिले संक्रमित महिलाको गाउँको सम्भावित जोखिमलाई ध्यानमा राख्दै शील गरिएको जनाइएको छ ।
बुधवार बिहान सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल सहित बसेको जिल्ला सुरक्षा समितिको वैठकले गाउँमा स्थानीय प्रशासन ऐन अनुसार शील गीि निषेधाज्ञा जारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङले जानकारी दिए ।
प्रजिअ तामाङका अनुसार, वडा नं ५ कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो वीचको सीमाक्षेत्रलाइ शील गरिएको छ ।
कोेरोनाको संक्रमण देखिएकी महिला गत जेठ १४ गते सुत्केरी हुने दिन पुगे पछि जिल्ला अस्पताल धादिङवेशी गएकी थिइन् ।
प्रसुती सेवाको लागि थापाथली स्थित प्रसुतीगृहमा लगेकोमा उनलाई त्यही संक्रमण देखिएको थियो ।
गाउँकी स्थानीय महिलालाई कोरोनाको संक्रमण देखिएपछि उनको यात्रा विवरण र उनीसंग सम्पर्क भएका ब्यक्तिहरुको विवरण गाउँपालिकाले निकाल्न थालेको छ ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष सिलवालले भने, ‘वडा अध्यक्ष दिल बहादुर घलेको संयोजकत्वमा संक्रमित महिलाको यात्रा विवरण र संम्पर्क भएका ब्यक्तिहरुको खोजपहिचान कार्य सुरु गरेका छौँ ।
शील गरिएको गाउँमा अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
आगामी जेठ २४ गते रातीसम्म गाउँमा कसैलाइ पनि पस्न नदिइने र गाउँबाट बाहिर निस्कन पनि नदिइने गरी शील गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
संक्रमित महिलाको सम्पर्कमा आएका सवै ब्यक्तिहरुको पिसिआर परीक्षण गराएपछि मात्रै त्यसको नजिताको आधारमा आगामी कामहरु अघि बढाइने अध्यक्ष सिलवालले बताए ।
संक्रमित महिलाको सम्पर्कमा रहेका सवै ब्यक्तिहरुको पिसिआर परीक्षण गराउनको लागि स्वास्थ्य कार्यलय धादिङलाइ जिम्मेवारी समेत दिइएको छ ।
स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले भने, पहिलो चरण उहाँको घर परिवार र नियमित सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षण हुनेछ, त्यसको नतिजाको आधारमा थप परीक्षण गरिने ब्यवस्था मिलाइनेछ ।
ती महिलालाई काठमाडौं गएपछि कोरोनाको संक्रमण भयो कि धादिङ हुदैमा संक्रमण थियो भन्ने बारेमा स्पष्ट खुलेको छैन । महिलालाई काठमाडौं लैजाने एम्वुलेन्सको खोज/पहिचानको काम सुरु गरिएको पनी गाउँपालिकाले जनाएको छ ।
धादिङ जिल्लाका स्थानीयमा देखिएको यो चौथो संक्रमण हो । यसअघि धादिङ जिल्लाका ३ जनामा संक्रमण देखिएको भएपनि उनीहरु सवैजना सफल उपचार पश्चात घर फर्किसकेका छन् ।
यसअघि संक्रमण देखिएका तीनैजनामा जिल्ला भित्र संक्रमण नभएको र उनीहरुमार्फत पनि अरुलाई संक्रमण नभएको पुष्टि भएको थियो ।