सप्तरीमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वार ८ राउण्ड हवाई फायर

रिपोर्ट नेपाल | 2020 Jun 03 | 01:17 pm 1897

सप्तरी, जेठ २१ः बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रयाेग गरी आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.