अर्थमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरूले गरे पुनः प्रश्न

रिपोर्ट नेपाल | 2020 Jun 02 | 07:36 am 1621

काठमाडाैं, जेठ २०ः बजेटमाथि सांसदहरूले उठाएको प्रश्नहरूको अर्थमन्त्री डा युवराज खतिवडाको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरूले पुनः प्रश्न गरेका छन् ।

अर्थमन्त्री खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् वचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेसिन नहुने स्पष्ट गरेका छन् ।

बजेटमाथिको छलफलमा उठेको प्रत्युत्तरमा चित्त नबुझाई थप प्रश्न सोधिएपछि उनले सार्वजनिक यातायातलाई प्रश्रय दिने सरकारको नीति रहेको स्पष्ट गर्दै कतिसम्म मूल्यका विद्युतीय गाडीलाई कर छुट दिने भन्ने बहसको विषय भएको बताए । सार्वजनिक विद्युतीय सवारीसाधन खरिद गर्दा परिस्थिति हेरेर परिमार्जन गर्न सकिने बताउँदै उनले इन्डक्सन चुलोमा भन्सार घटाइएको बताए ।

‘अहिले रोगसँग लडौं, अधिकतमरूपमा विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने हो भने विचार गर्न सकिन्छ ।’ –उनले भने । आगामी आर्थिक वर्षभित्र तुइन विस्तापित गर्ने सरकारकाले लक्ष्य रहेको उनले बताए । अघिल्ला आर्थिक वर्षमा प्रवेश पाएका विकास आयोजनाहरूले निरन्तरता पाउने अर्थमन्त्री खतिवडाको जवाफ थियो ।

उनले विदेशबाट आउने विषय जटिल भएकाले परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका राजदूतवाससँग अलपत्र परेकाको तथ्यांक संकलन गरिरहेको बताए । ‘प्राथमिकताको आधारमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने हो, अलि ठूलो संख्या आउने हुनाले क्वारेन्टाइनको पनि छिट्टै व्यवस्था गर्नुपर्छ ।’ –उनले भने ।

बाढीपीडितलाई सुरक्षित आवासमा राख्न १ लाख परिवारलाई सुरक्षित छानामा ल्याउने कार्यक्रम यसै वर्ष कार्यान्वयन हुने बताउँदै खतिवडाले सामुदायिक विद्यालय सञ्चालन गर्ने दायित्व र कर्तव्य राज्यकै भएको बताए ।

बैठकमा खतिवडाको जवाफमा असन्तुष्टि जनाउँदै डा मीनेन्द्रप्रसाद रिजाल, भरतकुमार शाह, पुष्पा भुसाल, हरिराज अधिकारी, प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, तेजुलाल चौधरी, मानबहादुर विश्वकर्मा, सुरेशचन्द्र दास, कृष्णबहादुर राईलगायतले थप प्रश्न सोधेका थिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.