चट्याङ लागेर रूपन्देहीमा दुईजनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 01 | 07:59 pm 1831

रुपन्देही, जेठ १९ः जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर रूपन्देहीमा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका २ की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादव रहेकी छन् ।

सोमबार बिहानको वर्षासँगै लागेको चट्याङले उनीहरूकाे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

मृतक दुवै महिला खेतबारीमा गएको बेला चट्याङ लागेर मृत्यु भएको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.