जबरजस्ती करणी गरेकाे अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2020 May 31 | 07:37 pm 1715

उदयपुर, जेठ १८ः २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा   त्रियुगा नगरपालिका-८ उत्राईटोलमन २५ वर्षीय प्रकाश दनुवार रहेका छन् । उनलाई शनिबार साँझ पक्राउ गरेको प्रहरीले जानकरी दिएकाे छ ।

महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टाेलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.