भारतीय नागरिक नेपाल छिर्न खाेजेपछि नियन्त्रणमा लिन एक राउण्ड हवाए फायर

रिपोर्ट नेपाल | 2020 May 31 | 12:08 pm 2503

सर्लाही, जेठ १८ः आइतबार बिहान रतीयका नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।

जिल्लाकाे विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीले जानकारी दिएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार भारतीय तस्करहरुले नेपालतर्फ सामान लिएर आउन लागेकापछि उनीहरुलाई सीमामा खटिएको सशस्त्रको टोलीले रोकेकाे बताए ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र अहिले स्थिति सामान्य बनेको उनले जानकारी दिए ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.