दैलेख, जेठ १७ः शनिबार बिहान दैलेखकाे दुल्लु नगरपालिका ७ स्थित विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका ११ का ३५ वर्षीय पुरुष रहेका छन् ।
बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए । १२ दिनअघि भारतबाट आएका उनको बेहोस भएलगत्तै मृत्यु भएको जनाइएको छ । क्वारेन्टिनमा बसेका सबैको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा पठाइएको बुझिएकाे छ । घटनाकाे विस्तृत विवरण भने प्राप्त हुन बाँकी नै रहेकाे छ ।