प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2020 May 29 | 08:25 pm 2013

काठमाडाैं, जेठ १६ः नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकले जेठ १२ गतेको निर्णय अनुसार श्री वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथीबृन्द तथा अधिकृतहरुलाई शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष समारोहबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उक्त समारोहमा प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री वीरेन्द्र अस्पतालका सहायक रथी डा श्री नगेन्द्र बहादुर केसी, प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक महा सेनानी डा श्री भरत बहादुर भण्डारी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा श्री सुमनराज डंगोललाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे थियो ।

पदोन्नति भएका प्राविधिक उपरथी डा श्री नगेन्द्र बहादुर केसीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ भने अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको जानकारी गराईएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.