स्थानीय तह र प्रदेशले कति बजेट पायो? (पूरा विवरण)

रिपोर्ट नेपाल | 2020 May 29 | 03:50 pm 1587

काठमाडौ, जेठ १६ः बिहीबार सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट प्रस्तुत गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेकाे बजेटमा प्रदेश र स्थानीय तहलाई जाने बजेटमा भने अन्तर सरकारी वित्तीय हस्तरणमार्फत  चालू आर्थिक वर्ष जत्तिनै विनियोजन गरिएको जनाएका छन्।

साेही अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशमा ९९ अर्ब ८७ करोड विनियोजन गरेको छ भने स्थानीय तहका लागि २ खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ।

त्यसैगरी महानगरपालिका लागि ९ अर्ब ४७ करोड, उपमहानगरपालिका लागि ९ अर्ब ९ करोड, नगरपालिकाका लागि एक खर्ब १५ अर्ब ९८ करोड विनियोजन गरेको छ भने गाउँपालिकाका लागि एक अर्ब २८ करोड १९ लाख विनियोजन गरेको छ।

प्रदेश र स्थानीय तहका लागि सरकारले ३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत भएको थियो।

सरकारले आगामी वर्ष कोरोनाका कारण बजेटका स्रोतहरुमा संकुचन आउने बताउँदै चालू आर्थिक वर्षमा भन्द ५८ अर्ब कम बजेट प्रस्तुत गरेको छ।

विवरण-

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.