सम्बन्ध रोटीबेटिकाे

रिपोर्ट नेपाल | 2020 May 28 | 03:36 pm 2330

धर्म राज पौडेल

आहा। सुन्दा कति मिठो र मायालु शब्द यो। हुनपनी के नै हुन्छ र यहाँभन्दा नजीकको नाता ? हामीलाई धेरै पहिलेदेखि छिमेकीले माया गरेर बोल्ने भाषा ! सुन्ने बित्तिकै लाग्थ्यो आफ्नो बिर्सनै नहुने एकदमै नजिकैको अभिभावक जस्तो। कतै अस्पताल ,कतै बाटो, कतै भवन त कतै एम्बुलेन्स आदिको सहयोग ! एउटा असल छिमेकीले यहाँ भन्दा धेरै के दिन सक्छ र ?

हामीले लामो समयदेखि दङ्ग पर्दै भन्दै आयौं छिमेकी हो तो ऐसा ! र हो पनि !अनेक रितिरिवाज, संस्कार, संस्कृति र नाता सम्बन्धले छुट्टीनै नसकिने हिसाबले जेलेको छ। उत्तरी छिमेकिसँग भौगोलिक कठिन्याइको कारण निकट रहेर दुखसुख गर्न नसक्ने हुँदा खुला सिमानाको सामीप्यता महसुस भैरहेको दक्षिणी छिमेकी बेला बेला अकार्थमा हेपाहा प्रवृत्ति देखाउँदा निकै अपमन्जसमा पर्नु स्वाभाविक हो।

बिगत देखिका तितामिठा अनुभवलाई अबत बिर्सुँभन्दा पनि झन् झन् झस्काउने व्यबहार देखाउने बानीले कसरी असल छिमेकी भन्नू आफैमा दोबिधा उत्पन्न हुन्छ। जबजब हामीलाई चाहे राजनैतिक ,दैवीक होस् वा प्राकृतिक आपत्ति नै किन नहोस् तबतब अनेक बखेडा झिकेर हेप्नु, मिच्नु ,ठग्नु तथा ढाट्नु नियति नै बनेको बनेको छ। जसको कारण छिमेकी विरुद्धको भावनाहरु बाध्य भएर नचाहेर पनि ओकेल्नु परेको छ।
बिगतका पटक पटकका सरकारका शासक प्रशासकहरुले आफ्नो स्वार्थका कारणले हो वा के कारणले हो देशले हार्ने गरि नदीनालाहरु लगाएत धेरै चीजहरु दिएर गुन लगाएको महसुस नेपाली जनताले गरेका छन् ।

अनेक सन्धि सम्झौताहरु कबुल गरेर लामो समयदेखि अधुरै अलपत्र पारेको पनि देखेकै छन् र पनि चुपचाप छ्न्। सहनुको पनि एउटा हद हुन्छ। अब अति भयो धैर्यताको बाँध टुटिसक्यो। हिजोको जस्तो शासकले चाहेर पनि अब गुन लगाउने अवस्था छैन। अब सार्वभौम जनता सरकारले जे चाह्यो तेहि गरेको सहेर बस्दैनन्। परिस्थिति धेरै बदलिएको छ। अहिले सरकारले सिमाका विषयमा गरेको निर्णय सम्पुर्ण नेपालीले मुक्त कन्ठले प्रशंसा गरेका छन् । यसमा दायाँबायाँ गर्न खोजे जनता बलिदानी हुन तयार छन्।

“जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी´´ भन्ने मुल मन्त्र भलिभाँती बुझेका छन् । त्यसकारण अहिलेको यो संचार प्रबिधिको युगमा ढुङ्गे युगमा जस्तो धृष्टता नगर। सानो भनेर नहेप। स्वाभिमानका हिसाबले हामी तिमिभन्दा धेरै जेठा हौं। कसैको ईर्स्यामा हैन पौरखमा बिश्वास गर्ने जाती हो नेपाली । अपमान सहनु भन्दा मर्नु बेश ठान्छ नेपाली । त्यसकारण तिमिले भन्दै आएको रोटी बेटिको सम्बन्ध जोगाइ राख्ने हो, संस्कार र संस्कृतिमा सँगसँगै रमाउने हो भने लामो समयदेखि तिमिले जबर्जस्त हडपेको नेपाली भुमि इमानदारीपूर्वक बिना हिच्किचाहट , बिनशर्त फिर्ता गर। यसैमा दुबै देशको कल्याण छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.