रूकुम घटनामा बेपत्ता एक जनाकाे शव फेला

रिपोर्ट नेपाल | 2020 May 27 | 05:29 pm 2550

रूकुम, जेठ १४ः गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको हिंसात्मक घटनामा बेपत्ता भएका थप एक जनाकाे मृत शव फेला परेका छन् ।

फेला पर्नेमा भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारका रहेका छन् । शव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए ।

योसँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै बेपत्ता रहेका छन् । अझै बेपत्ता अवस्थामा रहेका  भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक हुन् ।

यसअघि नै  भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव फेला परिसकेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.